१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीविरुद्ध अखिल सडकमा

सदरमुकाम चौतारामा संसद बिघटनविरुद्ध प्रदर्शन गर्दै अनेरास्ववियु। तस्बिर: ध्रुव/नाागरिक

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय विरुद्ध सिन्धुपाल्चोकमा उनकै पार्टी नेकपाका विद्यार्थी सडकमा उत्रिएका छन्। नेकपा निकट अनेरास्ववियुले आइतबार साँझ सदरमुकाम चौतारामा विरोध प्रदर्शन गरेका हुन् । 

 प्रधानमन्त्रीको कदमलाई अखिलले प्रतिगमनको संज्ञा दियो। कालो व्यानरसहित विद्यार्थीको जुलुसले सरकारको कदम विरुद्ध चर्का नारावाजी गर्दै सदरमुकाम चौतारा बजार परिक्रमा ग¥यो। प्रधानमन्त्रीको निर्णय असंवैधानिक भएको भन्दै उनीहरुले तत्काल खारेजीको मागसमेत गरे। विद्यार्थीको जुलुसमा मिसिँदै नेकपाका नेताहरुले समेत ऐक्यवद्धता जनाएका थिए।

प्रकाशित: ५ पुस २०७७ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App