६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली र प्रचण्डलाई कमल थापाको आग्रह : अब अति भो, गाईजात्रा बन्द गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसी विवाद बन्द गर्न आग्रह गरेका छन्।  

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले उनीहरूले ‘गणतन्त्रकाे धज्जी उडाएको’ देखेर राजसंस्थाका पक्षधर आफूहरूलाई समेत लाज लागेको टिप्पणी गरेका हुन्।  

दुवै अध्यक्षलाई उनले ‘कमसेकम लोकलाज’ ख्याल राख्न’समेत आग्रह गरेका छन्।  

‘अब अति भो, गाईजात्रा बन्द गर्नुहोस्, हामीजस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोस्, हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो,’ बिहीबार बिहान थापाले ट्विट गरेका छन्, ‘कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्।’  

प्रकाशित: २ पुस २०७७ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App