coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेविसंघ खोटाङले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै नेविसंघका नेता तथा कार्यकर्ता । तस्बिर : नागरिक

सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको बिरोधमा नेपाल विद्यार्थी संघ खोटाङले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ। संसद अधिबेसन छलेर अलोकतान्त्रिक तरिकाले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी, पहिलो संशोधन) अध्यादेश २०७७ ल्याएको भन्दै नेविसंघले बुधबार बिहान दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।  

कांग्रेस पार्टी कार्यालयबाट नारा जुलुस लगाउँदै निस्किएको नेविसंघका नेता तथा कार्यकर्ताले बेस क्याम्पमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्। सरकारको पछिल्लो कदम सर्वसत्तावादी भएकाले बिरोधमा पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेतले बताए। ‘आम नागरिकको अपेक्षा र संविधानको निर्देशन विपरीत राष्ट्रपति र प्रधानमन्त्रीले निरन्तर कदम चाल्नु भनेको निरंकुशताको अभ्यास हो, दुर्घटनाको संकेत हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको पतनको दिन धेरै टाढा छैन। यसले मुलुकलाई गहिरो भासमा पुर्‍याउँदैछ। सधैं यस्तै नहोला। भोलीको पुस्ताले यसको हिसाव–किताव अवश्य चुक्ता गर्नेछ।’

प्रकाशित: १ पुस २०७७ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App