२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुखले भने : संवैधानिक परिषदको बैठकका लागि परामर्श र समन्वय भएन

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदको बैठकका लागि आवश्यक पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभाव भएको बताएका छन्।  

बैठकमा आफ्नो अनुपस्थितिबारे एक प्रेस नोट जारी गर्दै यसबारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको समेत बताएका छन्। राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने मान्यता रहेको प्रेस नोटमा उल्लेख छ।  

नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुने बताइएको छ। 'राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ', जारी नोटमा भनिएको छ।    

संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएदेखि निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताएका छन्।  

 

 

प्रकाशित: ३० मंसिर २०७७ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App