१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बारामा सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बाराले सरकारको जनविरोधी कामको विरुद्ध गर्दै  सोमबार कलैयामा पनि  विरोध प्रदर्शन गरको छ। भ्रष्टाचार, कुशासन र अधिनायकवादीको बाटोमा सरकारलाई आरोप लगाउँदै बारामा कांग्रेले विरोध प्रदर्शन प्रदर्शन गरेको हो। 

१६ वटा स्थानीय तहहरुबाट आएका कांग्रेसका नेता, कार्याकर्ताहरुले कलैया बजार क्षेत्रको परिक्रमा गरि भरतचोकमा कोण सभाको आयोजना गरेको थिए।  नेपाली कांग्रेका केन्द्रीय सदस्य फरमुल्लाह मंसुरको प्रमुख आतिथ्य , केन्द्रिय सदस्यद्धय राधेचन्द यादव, उमाकान्त चौधरीको विशिष्ट अतिथियमा विरोध सभाको आयोजन गरिएको नेपाली कांग्रेलले  बारामा जनाएको छ।  

नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुको साट्टो ओली सरकारले भ्रष्टाचार, कुशासन र दमणकारी नीति राखेर अगाडी बढेको आरोप फरमुल्लाह मंसुरले लगाए।

अधिनायकवादी तरिकाले ओली सरकार अगाडि बढ्दै जादा देशमा महिला हिंसा र बलात्कारका घटना दिन दिनै वृद्धि हुँदै गएको आरोप उमाकान्त चौधरीले लगाए।ओली सरकारको गलग नीतिको कारण देशमा बेरोजगार बढेको र मुलुक संकटमा पर्दै गएकोले ध्यानमा राखेर बाध्य भएर कांग्रेले विरोध प्रदर्शनमा उत्रेको राधेचन्द यादवले बताए।

विरोध सभामा केन्द्रय सदस्य बृजलाल यादव, उपसभापति सुरेन्द्र साह, सचिव मनोज भट्ट, कोषाध्यक चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव, निजगढका सुरेश कुमार साह, सिम्रौनगढका नगर प्रमुख, विजयशंकर यादव, क्षेत्रीय सभापति मुकेश कुशवाहा, लगाएतको सहभागिता रहेको थियो।  

प्रकाशित: २९ मंसिर २०७७ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App