२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

निधनअघि पत्नीलाई पूर्वराजदूत कमानसिंह लामाको हृदयविदारक पत्र : म मरेँ भने काजक्रियामा सामेल नहुनू !

पूर्वराजदूत कमानसिंह लामा

सत्तारूढ नकेपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाले निधन हुनुभन्दा केही दिनअघि पत्नीका नाममा निकै हृदयविदारक चिठी लेखेको फेला परेको छ।  

कोरोना संक्रमणका कारण ६९ वर्षीय लामाको बुधबार राति ११ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। 

प्रेसर, सुगर, मिर्गाैलासम्बन्धी समस्याले समेत पीडित लामाले केही दिनअघि अस्पतालमा छटपटाइरहेका बेला पत्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा निकै पीडादायी पत्र लेखेको पाइएको हो।  

पत्रमा उनले श्रीमतीले बिरामीका बेला पनि बेवास्ता गरेको गुनासाे गरेका छन्।  

निकै लामो स्टाटसमा उनले कसैगरी आफू मरिहालें भने पत्नीलाई आफ्नो दाहसंस्कार र काजक्रियामा सहभागी नहुन बिन्ती गरेका छन्।  

यस्तो छ, नकेपा केन्द्रीय सदस्य एवं पूर्वराजदूत लामाले लेखेकाे हृदयविदारक स्टाटस :

आमा नाम नै कति मोहक शब्द ‘आमा’ मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’  

प्रिय, मैले तिमीलाई त्यही आमापछिको दोस्रो माया गरेको थिएँ। तर त्यो आज याम्बालिङरूपी बर्मुडा ट्रयाङगलमा फसेको छ। तिमी यसलाई सामान्य लोग्ने-स्वास्नीको झगडाका रूपमा लिँदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नुपर्छ भन्छन्’ छ्या कति कुरूप सिलाबरको डेक्ची कुचिएकाे कुरूप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरू !!

प्रिय, तिमी त उसको परिवार रे, आफ्नो श्रीमतीलाई आफैंले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू हातमा हैन, मैले शिरमा राखेको थिएँ। ढोंगीहरूले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार ! जे होस्, तिम्रा जालझेल खेती सप्रेको नै छ सादा जीवन उच्च विचारका होर्डिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौं, त्यो कतिको सहज लाग्छ, कुन्नि मलाई त हाँडीघोप्टेजस्तो लाग्छ !

प्रिय, यदि तिमी जालीफटाहाकै पक्षमा लागि नै रहने हो भने मेरो र तिम्रोबीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय !!!  

ठमेलमा ५० हजार युएस डलरको बिटा भेट्टाएछ ! सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोबरले डलर टाँसेर झिलीमिली बनाएछ ! हाँडीमा खिचडी बसाएर दुई बूढाबूढी गीत गाएर चिबसेको खोज्दै जाने प्रहरी र टुरिस्टले भेटेछ ! यही केसले हाँडीघोप्टेको लोग्ने स्वास्नीको युरोप अमेरिकाको यात्रा भयो।  

हाम्रा महान् पा.का महान् साधुसन्त नेताका यत्तिको नैतिक्ता र विचार पनि मैले देखिनँ। थुइ।।क्क जालीफटाहा द्रव्य पिशाच !  

प्रिय मेरी, प्रिय हाम्रो प्रेम बर्मुडा ट्र्याङ्गलमा फस्यो प्रिय !

१. मेरो DIGNITY स्वाभिमानको ट्र्याङ्गल

२. चल अचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति  

३. हाम्रो बीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य/मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरू  

यो हो हाम्रो बीचको अहिलेको बर्मुडाको ट्र्याङ्गल !!! 

याद गर प्रिय, मैले तिमीलाई सबै कुरो सम्पत्तिसम्म सुम्पें। तर मेरो स्वाभिमानप्रति खेलबाड गर्ने छुट दिइएको छैन। धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ।  

बरमुडा ट्र्याङगल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन।  

तर यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसँगै भएको हो। जब पृथ्वी एउटै ढिक्कोको एउटै समुद्र थियो।  

हामी बसेको भूभाग गोण्डावना ल्यान्डसँगै दक्षिणी ध्रुवमा टाँसिएर बसेको थियो।  

त्यसबखत ठूलाठूला भौगोलिक उथलपुथल भइरहन्थे।  एक्कासि गोण्डावना ल्यान्ड दक्षिणी ध्रुवसँग छुट्टियो। ३ मिटर उत्तर सर्यो। पृथ्वीबीचमा उसिनेको अण्डाबीचमा फुटाएको जस्तो फुट्यो।

पृथ्वी दुई भागमा बाँडियो।  उत्तरी गोला पांगिया र दक्षिणी गाेलार्ध गोण्डावना ल्यान्ड !

यही घटनामा भूमध्यरेखीय क्षेत्रमा बर्मुडा ट्रयाङ्गल बन्यो। त्यो आजपर्यन्त अभेद्य छ।  

त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं ।  

प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानीजानी धोका दिँदा मेरा केही सपनाहरू अधुरा नै रहने भए।  

राजनीतिक सपना राजनीतिक नेताहरूले गोलखाडी पुर्‍याइहाले।  के कुरा गर्ने !

तिमी म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने, विश्वका आठैवटा आश्चर्यको रस्वास्वादन गर्ने !

माचिपिच्युमा पुरानो पोर्तुगिज खाना खाने। गोन्जालोको देश हेर्ने। माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ। त्यो तिमीले भाँडिदियौ !

मध्यरातमा घाम झुल्किएको फिन्ल्यान्ड, नर्बेबाट रस्वास्वदन हामी दुई साथै गर्ने सपना अधुरै रहने भयो !

ट्रान्स साइबेरियन ट्रेन चढेर ब्लादिभोस्तक जाने ! उलान बटोर र ऐतिहासिक गोवी मरुभूमिमा उँट चढ्ने सपना अधुरै रहने भयो !

मानव विकासक्रमको २૪ लाख वर्षको इतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङ म्यान, लान्तियान म्यान, वुसान म्यानले गरेका उपलब्धि र आआदिबारे अलि सूक्ष्म अध्ययन गरी हाम्रो ठुँसाका बारे भौतिकरूपमै उपस्थित भएर अध्ययन गर्ने !  

दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरूले एक ठूलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्यचकित हुने हाम्रा प्रागकालीन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसँगै पढने इच्छा अधुरै रहने भयो !

हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने वसन्त ऋतुमा अध्ययन÷भ्रमणका रूपमा डुल्ने योजना थियो, त्यो अधुरै रह्यो !

प्रिय, म कोरोनाले लिएर जानका लागि सबै योग्यता पुगेको मान्छे म अरूले भने मृत्यु शय्याबाट भन्थे होला, तर म भन्दिनँ ! कोभिडसँग पौंठेजोरी खेल्दै छु !! सायद म बाँच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि ! तर म आत्तिन्नँ !

यो अन्तिम घडीमा पनि मेरो धन मेरा लागि काम लाग्दैन भने त्यो धनको के काम ! आफ्नो पाउनुपर्ने त यो हालतमा दिँदैन भने मेरा निम्ति कहिलेलाई चाहियो?

यो जीवनको जीवन–मरणको लडाइँका बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य? लौ प्रिय, गरिखान मनग्य गरिदिएकोछु ! बाँकी जीवन मोज गर ! मैले पूरा गर्न नसकेका अधुरा काम अरूसँगै पूरा गर १ आठै आश्चर्य हेर्ने/घुम्ने भोक मैले नै जगाइसकेको छु तिमीलाई, सक्षम पनि छौ १ लौ बधाई प्रिय !  

२८र३० वर्ष तिमी साथै यो ६/७ महिनाबाहेक ज्यादै सुखद नै रह्यो १ यो ६र७ महिनाले मलाई गलायो, किनकि मैले तिम्रो मायामा विश्वासघात पाएँ !

मेरो सेयरको करिब २ वर्षको साँवा–ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो ! उसले पैसा नदिए सीधै मसँग मिल्न आइज, हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !

यो जीवनको जीवन–मरणको लडाइँका बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य? लौ प्रिय, गरिखान मनग्य गरिदिएकोछु ! बाँकी जीवन मोज गर ! 

प्रिय, यदि तिमी जालीफटाहाकै पक्षमा लागि नै रहने हो भने मेरो र तिम्रोबीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय !!!  

कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ, माफ गर प्रिय ! यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !! यो मेरो बिन्ती !!!

प्रकाशित: २५ मंसिर २०७७ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App