२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपा कोशीको सभापतिमा ४ जनाको मनोनयन, मतदान अनिश्चित

 राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङको विराटचौकमा जारी पहिलो कोशी प्रदेश अधिवेशनमा मतदानबाट नयाँ नेतृत्व चयन गरिने भएको छ ।  निर्वाचन समितिका अनुसार प्रदेश सभापति पदका लागि  ४ जनाले उम्मेदवारी दर्ता गरेपछि मतदानबाट नेतृत्व चयनको तयारी गरिएको हो ।  

सभापति पदकाा लागि वर्तमान कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश कोषाध्यक्ष चन्द्र राई, चन्द्रकुमार गौली र खगेन्द्र कटुवालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको  छ । रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कुल ६१ सदस्यीय हुनेछ । 

मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ । निर्वाचन समितिले मतदानको समय बुधबार साँझ ६ बजेका लागि तय गरेको थियो । तर, बेलुका साँढे ८ बजेसम्म पनि मतदान सुरु नभएको मोरङ–४का सांसद सन्तोष राजवंशीले जानकारी दिए ।

रास्वपाले कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला भेला तथा अधिवेशन सम्पन्न गरेपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको हो ।

प्रकाशित: २७ जेष्ठ २०८३ २१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App