९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राजधानीमा राजावादीको प्रदर्शन

शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै राजावादी। तस्बिर : मोनिका मल्ल/नागरिक

राजतन्त्र माग गर्दै शनिबार राजधानी (काठमाडौं) मा प्रदर्शन गरिएको छ।  

‘राष्ट्रिय नागरिक आन्दोलन समिति-२०७७’ को आह्वानमा हातहातमा नेपालको झण्डा बोक्दै राजसंस्थाका पक्षमा आवाज उठाएका हुन्।  

पृथ्वीनारायण शाहको तस्बिरसमेत बोकेका प्रदर्शनकारीले संघीयता र धर्म निरपेक्षता खारेज गरी राजतन्त्र स्थापना गर्नुपर्ने नारा लगाए।  

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना,  संघीयता र धर्म निरपेक्षता खारेजी आफूहरूको माग रहेको बताए।  

आगामी फागुन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने चेतावनी राजावादीले दिएका छन्। 

यो पनि पढ्नुहोस्

राजावादीको प्रदर्शन बढ्न थालेपछि अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

प्रकाशित: २० मंसिर २०७७ ०९:४१ शनिबार

राजावादी