तीव्र विवादका बीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। थापाका अनुसार प्रधानमन्त्रीसहित सबै नेता बैठकमा सहभागी छन्।
बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शनिबार दिउँसो सवा १ बजे सुरु भएको हो।
बैठकअघि आज बिहान ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो।
यसअघि गत मंगलबार बालुवाटारमै बसेको बैठक ओली उपस्थित नभएपछि केही बेर बसेर स्थगित भएको थियो र आज पुनः बैठक बस्ने निर्णय गरिएको थियो।
यो पनि पढ्नुहोस्
नेकपा विवाद: दुवै पक्षको अडान कायमै
प्रकाशित: २० मंसिर २०७७ ०८:०४ शनिबार