२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

तनहुँ घटनामा प्रधानमन्त्री ओलीलाई गगन थापाले भने : यो तपाईंका लागि निकै महँगो पर्नेछ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीद्वारा ‘गराइएको’ अपमानको मूल्य महँगो पर्ने चेतावनी दिएका छन्।  

बुधबार दिउँसो तनहुँको व्यास नगरपालिकामा निर्मित पुल उद्घाटन गर्ने क्रममा सत्तारुढ नेकपा र कांग्रेस कार्यकर्ताबीच तनाव भएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। तर पनि कांग्रेस वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न गएपछि प्रहरीले उनीसहित केही नेतालाई ३ घण्टा नियन्त्रणमा लिएको थियो।

त्यसैको विरोधमा सांसदसमेत रहेका कांग्रेस नेता थापाले त्यही दिन साँझ सामाजिक सञ्जालमार्फत नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको टिप्पणी गरेका हुन्।  

जसले सरकारको चरित्र उदांग भएको उल्लेख गर्दै नेता थापाले यो प्रधानमन्त्री ओलीका लागि निकै महँगो पर्ने चेतावनी दिएका हुन्।

 

प्रकाशित: १८ मंसिर २०७७ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App