१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गर्‍योः सभापति शाह

नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताएका छन्। उनले नेकपा नेतृत्वको सरकारले भ्रष्टाचारमा मुछिएकालाई कारबाहीको सट्टा सफाई दिलाउने बाटोमा लागेको बताए। रुपन्देही निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका शाहले सरकार एकपक्षीय बनेको बताए।  

रिपोर्टस क्लव लुम्बिनी प्रदेशले शनिबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शाहले यस्तो कुरा बताएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप लगाए। ‘सरकारले अरुलाई काम गर्न दिन्न, सरकारसंग पैसा, शक्ति, पुलिस आर्मी, प्रशासन छ, यसले नियुक्ति पनि त्यहिबाट हुने भएकाले दबाब दिएपछि कसरी कारबाही हुन्छ’ उनले भने। सभापति शाहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको आरोप लगाए।

शाहले नेकपाभित्रको आन्तरिक द्वन्द्व र सरकारको भ्रष्टचारका कारण देश बर्बादीको दिशामा गएको समेत धारणा राखे। नेकपाका लफडा राष्ट्रिय मुद्दामा नभई पदीय लडाइ, भ्रष्टाचारमा भागबण्डा नभएकाले उत्पन्न भएको दावी गरे।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताए।

प्रकाशित: १३ मंसिर २०७७ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App