१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक सुरु हुनुअघि नेता पोखरेलले भने : दुवै अध्यक्षको प्रतिवेदन रोकौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य शंकर पोखरेलले दुवै अध्यक्ष प्रस्ताव रोक्न आग्रह गरेका छन्।  

शनिबार दिउँसो पार्टीको बैठक बस्नुअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले दुवै प्रस्ताव मिलाएर एकीकृत प्रस्ताव बनाउन आग्रह गरेका हुन्।  

आज दिउँसो १ बजे बालुवाटारमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्तावविरुद्ध राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ।

‘म फेरि पनि भन्छु- पार्टी एकताको रक्षाका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस्,’ पोखरेलले फेसबुकमा लेखेका छन्।

प्रकाशित: १३ मंसिर २०७७ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App