१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अब औद्योगिक क्षेत्र फस्टाउँछन् : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित भएको औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन्।  

कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको शनिबार अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए। उनले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताएका हुन्।

 ‘लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने  छ। यसमा पनि यस क्षेत्रमा सार्बजनिक जग्गाको पनि कमी छैन्’, मन्त्री भट्टले भने , ‘सडक सञ्जाल अव्यवस्थित भएकाले सडक व्यवस्थित गर्न जरुरी छ। सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ।’

 कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालनका  गर्न आग्रह गरे। रासस  

प्रकाशित: ६ मंसिर २०७७ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App