२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने

फाइल तस्बिर।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ। सचिवालय बैठक बोलाउन दुवै अध्यक्षले प्रतिष्ठाको विषय बनाइरहेका बेला महासचिव विष्णु पौडेलले दुबै अध्यक्षसँगको परामर्शमा पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजे वालुवाटारमा बोलाएका छ्न्। 

नेकपाका विदेश विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य विष्णु रिजालले सचिवलाय बैठक शुक्रबार ४ लाई तय भएको जानकारी आएको शीर्ष नेताहरुले बताएको जनाए। पार्टीको आन्तरिक  विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका थिए। 

कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यहरुले शनिबार ओलीलाई भेटर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। तर ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि ओलीलाई भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका थिए। 

बैठक बोलाउन ओली सहमत भएपनि मिति तोकिएको थिएन। महासचिव पौडेलले आज विहान सबै नेताहरुलाई शुक्रबार बैठक तय भएको बताएका थिए।

प्रकाशित: २७ कार्तिक २०७७ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App