१६ चैत्र २०८० शुक्रबार
राजनीति

कमला ह्यारिसः पहिलो महिला तथा आप्रवासी उपराष्ट्रपति

अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन्। राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएपछि उनको विभिन्न नयाँ रेकर्ड कायम गरेकी छिन। कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला हुन्। कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन्। उनका बुबा जमैकन र आमा भारतीय मुलकी हुन। क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै एकाएक चर्चामा आएकी थिईन।

अमेरिकी इतिहासमा सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार मात्र बनेको तर तर दुवैजनाले चुनाव जित्न सकेनन्। कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए।

उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन्। कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।

 

 

प्रकाशित: २३ कार्तिक २०७७ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App