१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समाचार सत्य हुन् भने राष्ट्रपति भण्डारीको भूमिका गलत छ : भीम रावल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको आन्तरिक समस्यामा सक्रिय बनेको समाचार आइरहेको भन्दै आपत्ति प्रकट गरेका छन्।  

नेकपा स्थायी समिति सदस्य रावलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत ती समाचार सत्य हुन् भने राष्ट्रपतिको भूमिका ‘गलत’ भएको बताएका हुन्।  

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिनेछ।’  

प्रकाशित: २१ कार्तिक २०७७ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App