१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेकपाका नेता रिजाल भन्छन् : धेरै बिराला भए भने मुसा मार्दैनन् भनेजस्तै भयो हाम्रो पार्टी

फाइल तस्बिर : नेकपाका नेता विष्णु रिजाल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विष्णु रिजालले दुई अध्यक्ष भएका कारण पार्टी यता न उताको अवस्थामा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।    

कर्णाली प्रदेशसभामा देखिएको विवादमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छुट्टाछुट्टै वक्तव्य र निर्देशन दिएकोप्रति संकेत गर्दै नेकपाको विदेश विभागका उपप्रमुख रिजालले शनिबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।  

‘महाभारतमा भनिएको छ, ‘नश्यन्ति बहुनायक’ अर्थात् बहुनायक भए भने नाश हुन्छ। गाउँघरमा भनाइ छ, ‘धेरै बिराला भए भने मुसा मार्दैनन्, अर्थात् हुनुपर्ने काम हुँदैन,’ नेता रिजालले ट्विटरमा लेखेका छन्, ‘हाम्रो पार्टीको चालढाल हेर्दा ‘खोइ के, खोइ के’ भन्नुपर्ने अवस्था उत्पन्न भएको छ। ४ दिनमा २ वक्तव्य, २ निर्देशन!’

प्रकाशित: ८ कार्तिक २०७७ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App