१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रअका प्रमुखसँगको भेटबारे स्पष्ट पार्न कांग्रेस महामन्त्रीको माग

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भएको भेटबारे आधिकारिक धारणा सार्वजनिक गर्न प्रधानमन्त्री र सत्तारुढ दल नेकपासँग माग गरेका छन्।  

महामन्त्री खड्काले रअका प्रमुख गोयलको नेपाल आगमन र प्रधानमन्त्रीसमेतसँगको भेटको विषय आम नेपाली जनजीवनमा तरंगीत भएर आम बहसको विषय बनेको उल्लेख गरेका छन्।

‘अब यो गम्भीर जनचासोको विषय बनेको छ,’ महामन्त्री खड्काले भने, ‘यो विषयमा सरकार र सत्ताशिन दल नेकपाले जिम्मेवारीबोध गर्दै तत्काल संस्थागत रुपमा आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दछु।’

रअका प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको सार्वजनिक भएसँगै विरोध सरु भएको छ। सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको असली राष्ट्रवाद रअका प्रमुख गोयलसँगको भेटसँगै छताछुल्ल भएको टिप्पणी गर्न थालेका छन्।

प्रकाशित: ६ कार्तिक २०७७ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App