१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता आपत्तिजनक : भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकामा सत्तारूढ दलकै एक नेताले आपत्ति प्रकट गरेका छन्।  

‘रअ’ प्रमुख गोयलले बुधबार बेलुका प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कडा विरोध जनाएका हुन्।  

नेता रावले सामाजिक सञ्जालमार्फत यो भेटवार्ता पार्टीको विचार, नीति र घोषणा एवं मुलुककै कूटनीतिविपरीत भएको दाबी गरेका हुन्। 

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार ,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो, यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ,’ नेता रावलले ट्विटरमा लेखेका छन्।  

प्रकाशित: ६ कार्तिक २०७७ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App