७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाबुराम भट्टराईलाई विवेकशील दलको आग्रहः ९ अर्ब भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिनू

विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको छ ।

तीनै जनाले परियोजना अलपत्र पारेको गम्भीर भ्रष्टाचारजन्य आरोप लगाएकाले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह समेत गरेको छ।। पूर्व प्रधानमन्त्री भट्टराईलाई समेत ती प्रमाणहरू अख्तियारमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध विवेकशीलले अनुरोध गरेको छ।

आफूसँग त्यसको प्रमाणसमेत रहेको’ बताएका पूर्व प्रधानमन्त्री भट्टराईलाई समेत ती प्रमाणहरू अदुअआमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गर्दछौं’ विवेकशील नेपाली दलले भनेको छ।

यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषयसमेत भएकाले अख्तियारले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनु पर्ने  

विवेकशील नेपाली दलका नेता प्रदेश सांसद रमेश पौड्यालले विज्ञप्तिमा उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको र आयोजना अलपत्र पारेको आरोप लगाएका थिए ।

प्रकाशित: २६ आश्विन २०७७ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App