coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रूपन्देहीमा आन्दोलनरत पक्षलाई मानव अधिकार आयोगको आग्रह : हिंसामा नउत्र

प्रदेश नं. ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रूपन्देहीमा भइरहेको आन्दोलनप्रति राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  

हरेक नागरिकलाई शान्तिपूर्ण विरोध तथा प्रदर्शन गर्न पाउने हक भए तापनि आगजनी, तोडफोडजस्ता गतिविधि कुनै पनि दृष्टिकोणबाट उचित नहुने उल्लेख गर्दै आयोगले आन्दोलनलाई हिंसात्मक नबनाउन आन्दोलनरत पक्षलाई अनुरोध गरेको हो।  

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै अनुगमन क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत एक राष्ट्रसेवक कर्मचारीको सवारीसाधन तथा उनका व्यक्तिगत सरसामानसमेत जलाइएको, प्रदेशका मुख्यमन्त्री चढेको गाडी तथा अन्य सरकारी सवारीसाधनमा समेत ढुंगामुढा तथा आगजनी गरिएको पाइएकाले त्यस्तो नगर्न सम्बन्धि पक्षलाई आग्रह गरेको हो।

‘विरोधका कार्यक्रमहरूलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रूपमा अगाडि बढाउन तथा आफ्ना असहमतिका विषयहरूको वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता वेद भट्टराईको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकहरूमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि आयोग स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ।’

प्रकाशित: १९ आश्विन २०७७ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App