१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रदेशसभालाई चारैतिरबाट सुरक्षाकर्मीको घेरा, आन्दोलनकारी सडकमा नाराबाजी गर्दै

दाङ राजधानी प्रस्तावविरुद्ध आन्दोलन चर्किदै

स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्तावविरुद्ध बुटवलमा आज विहानैदेखि विरोध प्रदर्शन  शुरु भएको छ। सरकारले १६ गते प्रदेशसभामा पेश गरेको राजधानी र नामाकरण प्रस्तावमाथि आजदेखि छलफल शुरु गर्ने गरि कार्यसूची तय गरेको छ। मध्यान्ह १२ बजेका लागि प्रदेशसभा आह्वान गरिएको छ। प्रदेशसभा कार्यालय क्षेत्रमा भने विहानदेखि विरोध प्रदर्शन भइरहेको छ।

प्रतिपक्षी नेपाली काँग्रेस, रुपन्देहीका उद्योगी÷व्यवसायी तथा नागरिकहरु प्रदेशसभा घेराउ गर्न विभिन्न चौक चौकबाट प्रदर्शन शुरु भएको छ। अस्थायी मुकाम बुटवलमै राजधानी कायम गर, नेताका नाममा प्रदेशसभाको अधिकार कुण्ठित नगर जस्ता नारा लगाउँदै प्रदेशसभा तर्फ ठाउँ ठाउँबाट विरोध निस्केको छ। रुपन्देही जिल्ला प्रशासनले भने निषेधआज्ञा जारी गरेको छ। निष्ोधआज्ञाका बाबजुद बुटवलमा प्रदर्शन चलिरहेको छ।

राजधानीको प्रस्तावसँगै बुटवलमा आन्दोलन चर्किएपछि सुरक्षाकर्मी व्यापक मात्रामा सडकमा उतारिएको छ। आन्दोलनकारीले प्रदेशसभा घेराउ गर्ने भएपछि चारैतिर बाक्लो संख्यामा सुरक्षा घेरा तय गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार प्रदेशसभा घेराउको कार्यक्रम राखेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। 

बुटवलको पुष्पलाल पार्क, नेपालगञ्जरोड, मिलनचौक क्षेत्रबाट प्रदेशसभा भवन छिर्न नसक्ने गरी सुरक्षाकर्मी तैनाथ गरिएको छ। बुटवलको सिन्दुर होटल अगाडि अहिले प्रदेशसभा घेराउ गर्न पुगेको टोलीलाई प्रहरीले रोकेको छ। यसअघि हिजो मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरि ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मी थप गरिएको छ।

आजदेखि प्रदेशसभामा राजधानी र नामका सम्बन्धमा छलफल शुरु हुने कार्यसूची छ। प्रदेशसभामा शुक्रबार आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले राजधानी दाङ, अर्घाखाँचीको सिमा क्षेत्र राप्ती नदी किनार देउखुरी तोक्ने र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका छन्।

प्रकाशित: १९ आश्विन २०७७ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App