२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री निवास बालुवाटारका ७४ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षार्थ खटिएका ठूलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आज आएको परीक्षण रिपोर्टमा करिब ७४ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि हुनेहरुमा नपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका २१, राष्ट्रिय अनुसन्धान विभागका ३ गरि ७४ जना छन्। अझै ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।  

ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि बालुवाटारका सबै भेटघाट बन्द गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।  

यसअघि आजै प्रधानमन्त्री ओलीका सचिवालयका ३ सल्लाहकार र एक स्वकीय सचिवमा गरि चार जना सदस्यमा संक्रमण भएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित: १७ आश्विन २०७७ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App