३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘अपांग महिलाको जीविकोपार्जनमा सहज वातावरण बनाऊ’

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले कोभिड–१९ महामारीमा अपांगता भएका महिलालाई जीविकोपार्जन गर्नका लागि सहज वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले कोभिड महामारीमा सिर्जित अप्ठ्याराबाट त्यस्ता महिला बढी प्रभावित भएको भन्दै संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय गरी उनीहरूको संरक्षण हुनेगरी कोभिड–१९ प्रतिकार्यका कार्य सम्पादन गर्न समितिले निर्देशन दिएको हो।

कोभिड महामारीका कारण गतिशीलतामा आउने संकुचन, अत्यावश्यक सेवा एवं सामग्रीमाथिको पहुँचमा न्यूनता र जनस्वास्थ्य संरचनाहरूमा अनुकूलनको समस्या वा मैत्री नहुनु एवं नियमित स्वास्थ्य सेवाको उपलब्धतामा कमी आउनु, रोजगारी र आयआर्जनमा देखिने समस्यालगायत कारणले अपांग महिलालाई दैनिक जीवनयापनमा असुविधा परेको समितिले जनाएको छ। समितिले ‘कोरोनाको सन्दर्भमा फरक रुपले सबल महिलाको पहुँच र प्रतिकार्य सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल’ विषयक कार्यसूचीमाथि प्रदेश सभाअन्तर्गतका समिति सभापति, सांसद, नेपाल अपांग माहिला संघका पदाधिकारीसँगको छलफलपछि सरकारलाई निर्देशन दिएको हो।

प्रकाशित: १७ आश्विन २०७७ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App