२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजदूत पाण्डेले ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्ता अवाञ्छनीय: गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्।  

चीनको पत्रिका ग्लोबल टाइम्समा प्रकाशित उनको अन्तर्वार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादाविपरीत भएको भन्दै सांसद थापाले आलोचना गरेका हुन्।  

बुधबार सामाजिक सञ्जालमा ग्लोबल टाइम्समा प्रकाशित राजदूत पाण्डेको अन्तर्वार्ताको लिंकसमेत राखेर कांग्रेसका केन्द्रीय सदस्य थापाले अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी भएको प्रतिक्रिया दिएका हुन्।  

‘चीनका लागि नेपाली राजदूतले ग्लोबल टाइम्समा दिएको अन्तर्वावार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादाविपरीत छ,’ नेता थापाले लेखेका छन्, ‘प्रदीप ज्ञवालीज्यू, राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो? होइन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।’

उनले अगाडि लेखेका छन्, ‘अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवाञ्छनीय हुन्छ। यतिखेर भारत-चीन, नेपाल-भारत र नेपाल-चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको छ। यो समयमा राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कूटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ।’

प्रकाशित: १४ आश्विन २०७७ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App