१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विद्युत जाने आउने समस्या तत्काल समाधान गर्न मन्त्री पुनको निर्देशन

उर्जामन्त्री वर्षमान पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्। त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाव छ। लकडाउन यता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत नियमित नभए उनीहरुको पढाइ प्रभावित हुन स्पष्ट पारे।  

प्राधिकरणको मुल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिन मन्त्री पुनले निर्देशन दिए। ‘वितरण प्रणालीमा सानो भन्दा सानो गडबडी नआओस्’ उनले भने, ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होओस्।’ यस्तै उनले मौसम लगायतका कारण अनियमित भएको विद्युत सेवा तत्काल सुचारु गराएकामा प्राधिकरण नेतृत्वलाई धन्यवाद दिए। गत साता मौसमका कारण उपत्यका सहित मुलुकका विभिन्न स्थानमा विद्युत सेवा आंशिक प्रभावित भएको थियो। त्यति बेला पनि मन्त्री पुनले प्राधिकरणको उच्च नेतृत्वलाई मन्त्रालयमा बोलाएर सेवा तत्काल नियमित गर्न निर्देशन दिएका हुन्।  

यस्तै गरी मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।  

 

 

प्रकाशित: १३ आश्विन २०७७ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App