१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभापतिले विधान मिच्दा बहादुरी ठान्नु भो : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन्। सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरे। बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताए।  

विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताए। उनले भने, 'हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं। तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ। त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो।’  

सभापति देउवालाई विधान मिच्ने बानि परिसकेको पौडेलले बताए। आँफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गरे। उनले भने 'यो मिच्ने बानीपर्योन। हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ। मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोडछ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका। उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे। अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्योझ। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो, क्षती पुर्योर र घायल बनायो।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए।  

 

प्रकाशित: २८ श्रावण २०७७ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App