२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीद्वारा स्थगित स्थायी कमिटी बैठक दाहाल-नेपालले गरे सुचारु

नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक एकतर्फीरुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले बैठक सुचारु गरेका छन्।

आज ११ बजे पार्टी स्थायी कमिटी बैठक बोलाइएको थियो। अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु बैठककक्षमा पुगेपछि ओलीले एकतर्फीरुपमा बैठक स्थगित गरेका थिए।  

'ओली जीले एकतर्फीरुपमा बैठक स्थगित गर्नु भयो। हामी हलमै छौं। बैठक सुरु भएको छ,' 'कसैको लहडमा पार्टी कमिटी बैठक बन्दी हुनु हुँदैन,' एक स्थायी कमिटी सदस्यले भने।

पार्टीका अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकोले बैठक स्थगित गरिएको सूचनामा जनाइए पनि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगितका लागि दुई अध्यक्षबीच सहमति नभएको बताए।  

 

प्रकाशित: १३ श्रावण २०७७ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App