६ चैत्र २०८० मंगलबार
राजनीति

‘नेकपाभित्रको घोंचपेच बन्द गर’

नेकपाभित्रको घोचपेंचले देशलाई फाइदा नभएकाले बन्द गर्न आग्रह गर्दै सरकारलाई ठग्ने भाँडो ठान्नेहरूलाई निषेधित गर्न पच्चीस प्लस समुहले सुझाव दिएको छ ।

पूर्व प्रशासकहरूको संस्थाले नेकपाभित्र भएको विवादका कारण देशको सुरक्षामासमेत जोखिममा देखिएको भन्दै चिन्ता व्यक्त गरेको हो । समुहका संयोजक डाक्टर उपेन्द्र गौतमद्वारा बुधबार जारी विज्ञप्तिमा देशमा भ्रष्टाचारले गाँजेको, सरकारलाई ठग्ने भाँडो बनाइएकाले ती व्यक्ति चिनेर काम गर्नसमेत सुझाएको छ ।

‘संसदमा अत्यधिक बहुमत रहेको नेकपाभित्रको घोचपेंचले सरकार अस्थिर र बाह्यरुपबाट पनि फेर्न सकिने भन्ने सन्देश जाँदा जनमतको पूर्ण अपमान हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संकटले गर्दा देशको आर्थिक, सामाजिक स्थिति चर्को संकटबाट गुज्रिरहेको छ ।’

एउटा छिमेकीले प्राचिनकालदेखि नै स्वतन्त्र नेपालको क्षेत्रीय अखण्डता, सीमा र यस नजिकका क्षेत्रमा अतिक्रमण गरी ल्याएको राष्ट्रिय सुरक्षा संकट झेलिरहेको बताएको छ । सरकारले आपतविपतमा पूर्ण संवेदनशील हुन नसकेकाले सुधार गर्न आग्रह गरेको छ । हरेक संकट, चुनौती सामना गर्दै दीर्घकालीन रणनीतिक बनाई सुधार गर्न सुझाव दिएको हो ।  

‘भ्रष्टाचारले सरकारलाई गाँजेको छ । यसलाई आफ्नै दलभित्रको घोचपेंचले अन्र्तघात गरेको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र क्षमता विश्वसनीयरुपमा बढाउन नसकेकाले एउटा विभागजस्तो दलीय घोचपेंचमा रमाउँदै आक्रान्त भएको छ ।’  

‘हरेक चुनौति सामना गर्न अंगालिएका उपायले राजनीतिक, सामाजिक, आर्थिक, भौगोलिक सुरक्षा हितलाई ध्यानमा नराख्दा राष्ट्रिय सुरक्षा जोखिममा देखिएको स्पष्ट पारेको छ ।

‘राष्ट्रिय अस्तित्व नै जोखिममा पार्ने छिमेकीको भनाइमा नेकपाभित्रको घोचपेंच ढिलो नगरी बन्द गरिनुपर्छ,’ विज्ञप्तीमा भनिएको छ,’ ‘सरकार कुनै निहीत स्वार्थमा होइन देशको हितसुरक्षामा समर्पित हुनुपर्छ ।

समुहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, त्यसैगरी पूर्व प्रशासकहरू माधवप्रसाद घिमिरे, सुरेशराज चालिसे, सुरेशकुमार पुडासैनी, सोमनाथ पौडेल, देवीराम शर्मा, गोविन्दबाहादुर थापा, पुष्कर राजभण्डारी, ऋषिराम लामिछानेलगायत छन्।

प्रकाशित: १ श्रावण २०७७ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App