१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साझा पार्टीबाट बाहिरिए सूर्यराज र मुमाराम

साझा पार्टीबाट डा. सूर्यराज आचार्य र मुमाराम खनाल अलग्गिएका छन्। उनीहरुलाई आइतबार बसेको पार्टीको बैठकले अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिएको छ।

उनीहरुले पार्टीको संरचनाभन्दा अलग बसेर वैकल्पिक पार्टी निर्माणमा भूमिका निर्वाह गर्ने प्रस्ताव गरेका थिए। साझा पार्टीले कुनै पनि बेला आचार्य र खनाल पार्टीको संरचनामा जोडिन चाहेको खण्डमा पार्टीले खुला हृदयले स्वागत गर्ने बताएको छ।  

साझा पार्टीका अनुसार खनालले व्यक्तिगत कारणहरू जनाई राजीनामा दिएका थिए। पार्टीले समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग एकीकरणको प्रकृयालाई अघि बढाउन बागमती प्रदेश संयोजक समीक्षा बास्कोटा, संगठन विभाग प्रमुख केशब दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय ‘राजनीतिक संवाद समिति’  समेत गठन गरेको छ।  

 

प्रकाशित: २८ असार २०७७ १५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App