१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेशनल माइक्रोफाइनान्स सातौं वर्षमा प्रवेश

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सातौ बर्षमा प्रवेश गरेको छ। सो अवसरमा लघुवित्त वित्तयि संस्थाले मुलुकका ८ स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयलाई कोभिड १९ बाट बंच्न सुरक्षात्मक स्वास्थ्य समाग्रीहरु मास्क, सेनिटाईजर र ग्लोब बितरण गरेको जनाएको छ।  

सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय, इटहरी सुनसरी, प्रदेश नम्वर २ को ट्राफिक प्रहरी कार्यालय, पथलैया, बारा प्रदेश नम्वर ३ को ट्राफिक प्रहरी कार्यालय, रामनगर, चितवन प्रदेश नम्वर ५ को ट्राफिक प्रहरी कार्यालय, बुटबल, रुपन्देही प्रदेश नम्वर ७ को ट्राफिक प्रहरी कार्यालय, धनगढी, कैलाली लगायत जिल्ला प्रहरी धादिङबेसीलाई कोभिड १९ बाट बच्न सुरक्षात्मक स्वास्थ्य समाग्रीहरु मास्क, सेनिटाईजर र ग्लोब बितरण गरेको वित्तीय संस्थाका प्रमुख कार्याकारी अधिकृत (सिईओ) रामबहादर यादवले बताए।  

वित्तीय संस्थामा आवद्ध सदस्यहरुको लघुउद्यमशिलता विकास लगायत बित्तीय साक्षरतामा लगायतका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा आगामी दिनमा पनि निरन्तराता दिने सिईओ यादवले बताए।  

वित्तीय संस्थाले मुलुकका ४७ जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ९० हजार घर परिवारलाई लघुवित्त सम्वन्धि सेवा प्रदान गर्दै आएको छ। संस्थाले हालसम्म करिब ४ अर्ब ३० करोड लगानीमा रहेको जनाएको छ। त्यसैगरी, सदस्यहरूबाट एक अर्ब ६० करोड बचत परिचालन गरेको छ।

सो अवसरमा सिईओ यादवले वित्तीय संस्थाले हालसम्म कोभिड १९ बाट प्रत्यक्ष रुपमा असर गरेका ग्राहकहरुलाई राहत स्वरुप ५० लाख बराबरको खाधान्न समाग्रीहरु बितरण गरेको बताउँदै उनले नेपाल सरकारको राहत कोषमा १० लाख सहयोग गरेको बताएका छन्।

 

प्रकाशित: १९ असार २०७७ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App