१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

'सडक सुरक्षा परिषद’ बनाउन सुझाव

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिद्धारा गठित 'सवारी दुर्घटना न्यूनीकरण’ उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरेको छ।  

समितिको सोमबारको बैठकमा उपसमितिका संयोजक सांसद गणेशकुमार पहाडीले सडक दुर्घटना न्यूनीकरणका लागि 'सडक सुरक्षा परिषद’ स्थापना गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन तयार भएको बताए। उनले मापदण्ड विपरित बनेका सडक संरचना, सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवि चालक नहुनु, सवारी चालकमा सवारी नियमको ज्ञान नहुने र कमजोर सवारी साधनका कारण दुर्घटना हुने गरेको पाइएको बताए। त्यसका लागि सडक सुरक्षा परिषद स्थापना गरी सवारी साधन दुर्घटना न्यूनिकरणको काम गर्नुपर्ने आवस्यकता रहेको उहाँले बताए। प्रतिवेदनमा नेपालमा राष्ट्रिय सडक सुरक्षा परिषद् सन् नब्बेको दशकमै स्थापना भइसकेको तर अहिले पूर्णरुपमा निष्कृय रहेकाले सडक दुर्घटना न्यूनीकरणका लागि कुनैपनि काम हुन नसकेको उल्लेख छ। त्यस्तै बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि सरकारी निकायहरुबीच समन्वयको आवस्यकता रहेको संयोजक पहाडीले बताए।  

सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायबीच समन्वयको अभाव, कार्यक्षेत्रको अस्पष्टता र विद्यमान कानूनमा भएका कमजोरी र भएका कानूनी व्यवस्था एवं सडक सुरक्षा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनि सवारी दुर्घटनाको कारण रहेको संयोजक पहाडीले बताए। उपसमितिमा सांसद गणेशकुमार पहाडी संयोजक, सदस्यमा सांसदहरु गौरी शंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार, रंगमती शाही रहेका थिए।  

 

प्रकाशित: ८ असार २०७७ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App