८ वैशाख २०८१ शनिबार
राजनीति

सीमा विवाद वार्ताबाट समाधान गर्न अपिल गर्दै बुटवलमा प्रदर्शन

दुई छिमेकी देश भारत र चिन विच सिमामा भएको झडपले युद्ध हुन सक्ने भन्दै मानव अधिकार तथा शान्ति समाजले वार्ताबाटै समस्याको समाधान खोज्न अपिल गरेको छ ।  

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यू भएको छ । यसले दक्षिण एसियामा यूद्ध निम्त्याउन सक्ने भएकाले वार्ताबाटै समस्याको समाधान खोज्न अपिल गर्दै प्रदर्शन गरेको छ । समाजको रुपन्देही शाखाले विहिबार बुटवलमा शान्तिको माग सहित प्रदर्शन गरेको छ ।  

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनालले आंणबिक अस्त्र सम्पन्न शक्ति राष्ट्र चीन र भारत बिचको तनाबले दक्षिण एसियाली समाज त्रसित बनेको बताए । उनले नेपाल दुवै देशको छिमेकी भएकाले नेपालमा पनि यसको ठूलो असर पर्ने बताउँदै समग्रमा युद्धले विश्वलाई नै क्षति पुग्ने भएकाले वार्ताबाटै समस्याको समाधान खोजिनुपर्ने बताए । भारतको सिमामा भएको झडप तत्काल रोकि युद्ध निषेधःशान्ति विशेष लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।  

प्रदर्शनमा केन्द्रिय अनुशासन बिभागका सदस्य लालहरी पाण्डे, रुपन्देही शाखाका सभापति डिपि खनाल, सचिव अर्जुन ज्ञवाली, सहसचिव कपिल ज्ञवालीको सहभागिता थियो ।

प्रकाशित: ४ असार २०७७ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App