२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओमानबाट सस्तो भाडादरमा फर्कदै नेपाली

विदेशमा अभरमा परेका नेपालीलाई ओमन स्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपाल फर्काउने तयारी गरेको छ।  

दूतावासले सरकारले तय गरेको रेट भन्दा सस्तो भाडादरमा त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको हो। नेपाली दूतावास मस्कटले प्रतिव्यक्ति ११५ ओमान रियल तिर्ने गरी नेपाल फर्कने व्यवस्था मिलाएको हो।

सरकारले ओमानबाट स्वदेश फर्कन चाहने नेपालीले ५१० अमेरिकी डलर तिर्ने गरि सूची तयार पारेको थियो। तर ओमान दूतावासले उक्त मूल्यलाई पनि घटाएर नेपालीलाई घर पठाउन लागेको हो।

वैदेशिक रोजगारीमा गएकाहरुले त्यति महंगो मूल्य तिरेर फर्किन अप्ठ्यारो हुने देखेपछि दूतावाशले त्यसको विकल्प खोजेको थियो। दूतावासले निकालेको सूची अनुसार जुन १५ मा सलाम एयर मार्फत १८० जना नेपाली ११५ ओमानी रियल (करिव ३६ हजार) तिरेर फर्कदैछन्। त्यस लगत्तै  २१ जुनमा १८० नेपाली फर्कने छन्।  

ओमानबाट फर्कने नेपाली सबैको पिसिआर परीक्षण गरेर ल्याउने दूतावासले जनाएको छ। दूतावासले सूचना जारी गर्दै सम्बन्धित सबैलाई आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा परीक्षण गराउन आग्रह गरेको छ। परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी लिन आग्रह गरेको छ।  

पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूले नेपाल गए पश्चात सिधै घर (होम क्वारेन्टिनमा) जान पाउने पनि दूतावासको सूचनामा उल्लेख छ।  

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App