सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गरेको आरोप लगाएकी छन्। अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साट्न नसकिने उल्लेख गर्दै उनले भनिन्, ‘‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन्। भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो। भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे। आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना?’’
केही दिन अघि संसद सरिता गिरीले नेपाल भारत सीमाबारे बोलेकी थिइन्। सांसद घनश्याम खतिवडाले कुटनीतिक वार्ताबाट समस्या सुल्झाउन भारत तयार नभएर पूर्वमा काँकडा र पश्चिममा टिष्टासम्मको भूमि दावि गर्नुपर्ने बताए। सांसद चन्दा चौधरीले रुकुम घटनाको विषयमा गृहमन्त्रालय किन चुप लागेको भन्दै प्रश्न गरिन्। दलित भएकै कारण रुकुममा अमानवीय घटना घटेको उल्लेख गर्दै उनले भनिन् ‘‘दलितका लागि दलित नै, मधेशीका लागि मधेशी नै, महिलाका लागि महिला नै बोल्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ?’’
प्रकाशित: १९ जेष्ठ २०७७ ११:०० सोमबार