२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने योजना बनाइरहेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्कने व्यवस्थाका लागि सरकारले योजना बनाइरहेको बताएका छन्। राष्ट्रका नाममा सम्वोधन गर्दै जुनसुकै मुलुकमा रहेका नेपालीहरुलाई पनि सरकारले समयमै उद्धार गर्ने कुरामा निश्चिन्त रहन उनले आग्रह गरे। भारतीय सीमा क्षेत्रबाट आउने नेपालीहरु परीक्षण बिना नै स्वदेश फर्किरहेको उल्लेख गर्दै उनले नियमको पालना नगर्दा र परीक्षण बिना नै भित्रिदा महामारी फैलिन मद्दत गरेको बताए।  

महामारीका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित भएपछि विद्यार्थीहरु अन्यौलमा रहेको उल्लेख गर्दै उनले शैक्षिक वर्ष खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै प्रवन्ध मिलाउने बताए। सरकाराको नीति तथा कार्यक्रममा जोड दिएअनुसार खेतीपातीको याम खेर जान नदिन सामाजिक दुरी कायम गरी कृषि कार्य अगाडि बढाइने उनले बताए।  

 

 

प्रकाशित: १२ जेष्ठ २०७७ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App