५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

चीनले भन्यो : कालापानीको विषय नेपाल र भारतको

चीनले कालापानीको विषय नेपाल र भारतको भएको बताएको छ। मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले भने, 'नेपाल र भारतले आपसी संवादमा यो विषय सुल्झाउनेमा हामी विश्वस्त छौं।'

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएपछि नेपालले सोमबार अतिक्रमित क्षेत्र समेटेको नक्सा मन्त्रिपरिषदबाट स्वीकृत गरेको थियो। यस अघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक मामलामा नेपाल 'अरुको इसारामा' चलेको प्रतिक्रिया दिएका थिए।  

भारत –चीन सम्झौता अनुसार सडक निर्माण भएको भन्दै यस विषयमा चीनसँ पनि कुरा गर्नु पर्ने भनाई आइरहेका बेला बेइजिङले यस्तो प्रतिक्रिया दिएको हो। आज दिउँसो संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुरा गरेको बताएका थिए।

 

प्रकाशित: ६ जेष्ठ २०७७ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App