१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कमजोरी ढाकछोप गर्ने नीति तथा कार्यक्रम : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आज दिउँसो  बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले आफ्ना कमी कमजोरी ढाकछोप गर्न यति ठूलो नीति तथा कार्यक्रम ल्याइएको बताए ।  

उनले भने, ‘बुँदा नम्बर २७ मा भ्रष्टाचारसम्बन्धी कार्यक्रम उल्लेख छ, जुन हास्यास्पद छ ।’

उनले हिजो कालिमाटीमा घनश्याम झालाई नेपाली सेनाबाट गरिएको दुव्र्यवहारप्रति संकेत गर्दै सरकारले जनताको अपमान गरेकोमा आपत्ति जनाए । त्यस्तै, ६.३ प्रतिशत आर्थिक वृद्धिदर तीन वर्षदेखि उस्तै रहेको बताए ।  उनका अनुसार सरकारले विकास खर्च गर्न सकेको छैन । सरकारले लक्षित ऋण ३१ प्रतिशतभन्दा बढी उठाउन नसकेको टिप्पणी उनको थियो ।

मिचिएका लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा बनाउने सरकारको योजना कार्यान्वयन गर्न उनले सरकारलाई सुझाव दिए । उनले दस्तावेजको महत्त्व प्रकाश पार्दै भने, ‘बिपी कोइरालाले चीनको भ्रमण गर्दा सगरमाथा नेपालकै हो भनेर पेस गर्नुभयो । त्यसबेला चिनियाँ अलमलमा पर्‍याे यसबारे पछि निर्णय गरौँला भन्यो र २०१७ सालमा तहल्कै मचियो ।’

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App