२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

लकडाउनमा कठोर बन्दै सरकार, गल्लीमा समेत निस्कन नपाइने

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै शनिबारदेखि लकडाउनमा थप कडाई गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शुक्रबार विज्ञप्ती जारी गर्दै लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अघि बढाएको हो।  

शुक्रबार दिउँसो जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकमा तीन जिल्लाका सिडिओ र प्रहरीको उपस्थिति थियो। उक्त बैठकबाट विनाकाम बाहिर निस्कनेलाई रोक्नको लागि रणनीति तय भएको हो।  

निर्णयपछि जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि गल्ली र सडकमा निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। बिनाकाम बाहिर निस्किने जो कोही पनि पक्राउ पर्ने छन्। प्रहरीले पक्राउ गरेपछि सडकमै उभ्याउने छ। यसअघि गृह मन्त्रालयले लकडाउनमा कडाई गर्न निर्देशन दिएको थियो।  

गृहको निर्देशनपछि शुक्रबार बसेको संयुक्त छलफलले थप कडाई गर्न सुरक्षा निकायलाई आग्रह गरेको थियो। यसैबीच उपत्यका मेयर फोरमले पनि उपत्यकाका नाका तथा सहरी इलाकामा थप कडाई गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले तीनवटै जिल्लाका जिल्ला प्रशासन र प्रहरी मुख्यालयलाई लकडाउन परिपालना गराउन आग्रह गरिएको बताए।  

उनका अनुसार उपत्यकामा संक्रमितको संख्या बढ्न नदिनको लागि कडाई गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाले भित्री गल्लीहरुमा हुने भीडलाई रोक्न यसो गरिएको बताए। ‘भित्रभित्रै मासिनहरु बाहिर निस्किएकोले कडाई गरिएको हो,’ उनले भने, ‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन हामीले सबैलाई सूचित गर्छौं।’ उपत्यकामा कोरोना संक्रमित नदेखिँदा जथाभाबी बाहिर निस्कनेहरुको संख्या बढेको थियो। तर, संक्रमित देखिएपछि सरकारी निकायले लकडाउनमा कडा गरेका हुन्। यसअघि जिल्ला प्रशासनले जारी गरेका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज गरिएको छ।  

गृह मन्त्रालयले जारी गर्ने नयाँ पास नीलो रङको हुने बताएता पनि वितरण गरिएको छैन। उद्यपी अत्यावश्यक अवस्थाका व्यक्तिलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र हिँड्न दिने भनेपनि यसबारेमा जिल्ला प्रशासन कार्यालयले ठोस निर्णय गरेको छैन। एम्बुलेन्स, शव बाहन, पेट्रोलियम पदार्थ, औषधि तथा स्वास्थ्य सामग्री, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकेका सवारीलाई आवागमन गर्न दिइने छ।

 

 

प्रकाशित: २ जेष्ठ २०७७ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App