७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ५ वटाको मात्रै जवाफ

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले आचारसंहिता लागु गरे पनि माघ १४ सम्म आयोगमा २१ वटा उजुरी परेको छ।

आयोगले आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म केन्द्रीय आचारसंहिता अनुगमन समिति मार्फत राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको हो।

तीमध्ये ५ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको र बाँकीका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। आयोगले माघ ४ गतेदेखि  आचारसंहिता लागु गरेको थियो।

मिथ्या तथा घृणास्पद अभिव्यक्तिको निगरानीका लागि आयोग निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र पूर्ण रूपमा क्रियाशील रहेको बताउँदै आएको छ।

उक्त केन्द्रले पहिचान गरेका ३०२ वटा हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको आयोगले जनाएको छ।  

प्रकाशित: १५ माघ २०८२ १६:२८ बिहीबार