१० भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

नेविसंघद्वारा पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन

लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा नाराबाजी सहित विरोध प्रदर्शन गरिरहेका नेविसंघ सर्लाही आवद्ध विद्यार्थी नेताहरु । तस्बिरः टंक/नागरिक

नेपाल विद्यार्थी संघले सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान विरोध प्रदर्शन गरेको छ। भारतले दार्चुलामा पर्ने नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर  मानसरोवर जाने सडक उद्घाटन गरेको विरोधमा नेविसंघ सर्लाही र जनज्योति बहुमुखि क्याम्पस ईकाई कमिटीको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो।

‘भारतीय दादागिरी बन्द गर! हाम्रो भूमि फिर्ता गर, नालायक सरकार राजिनामा दे! हाम्रो भूमि मिचिएको हैन बेचिएको हो, कालापानी–लिपुलेक–लिम्पियाधुरा हाम्रो हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।  

नेपाली भूमि मिचेर छिमेकी भारतले निर्माण गरेको सडक उद्घाटन भएपछि लकडाउन उल्लंघन गर्दै बाध्य भएर विरोध प्रदर्शनमा उत्रनु परेको विद्यार्थी नेताहरुले बताएका छन्। दार्चुलामा पर्ने नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले यसअघि नै आफ्नो नक्सा सार्वजनिक गरिसकेको छ।

प्रकाशित: ३० वैशाख २०७७ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App