४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अधिवेशनको तयारी तीव्र

काठमाडौं - संसद् सचिवालयले बर्खे अधिवेशनको तयारी तीव्र पारेको छ। वैशाख २६ गते शुक्रबार अधिवेशन सुरु हुँदै छ। बिहीबार बिहान ११ बजेदेखि सांसदको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी गरिएको छ। सांसद र कर्मचारीको पिसिआर परीक्षण गर्ने र संसद् बैठकमा बस्ने सिटको व्यवस्था बिहीबार हुने संसद् सचिवालयले जनाएको छ। 

विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम नै बस्ने व्यवस्था गर्नुपर्ने भएपछि सिट व्यवस्थापनमा ढिलाइ भएको छ। सभामुख अग्नि सापकोटाले इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेब पाण्डे र सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. दीर्घराज आरसीसँगको छलफलमा उनीहरूले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सिट व्यवस्थापन गर्न सुझाव दिएका थिए।

संसद् बैठकमा एउटा रोमा ६ सिट हुन्छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एउटा रोमा दुई जनामात्र बस्न मिल्ने स्वीकृति चिकित्सकको टोलीले दिएको छ। जसबाट सांसदलाई दर्शकदीर्घामा समेत राख्ने तयारी भएको छ। 

प्रकाशित: २६ वैशाख २०७७ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App