४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वैशाख २५ गते स्थायी  समिति बैठक, गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

काठमाडौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक वैशाख २५ गतेका लागि डाक्ने निर्णय गरेको छ। नेकपाको सचिवालय बैठकले बैठक डाक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने श्रेष्ठले जानकारी दिए।

नेकपा सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय पनि गरेको छ। त्यसका लागि उपयुक्त समयमा प्रत्यत्न गरिने निर्णय भएको श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: २० वैशाख २०७७ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App