coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश सभा अधिवेशन अन्त्य

विराटनगर- कोरोना त्रासका कारण घोषित लक्ष्य पूरा नगरी प्रदेश १ संसद्को पाँचौ अधिवेशन बुधबारदेखि अन्त्य भएको छ। यही अधिवेशनबाट प्रदेश नामकरणको मुद्दा टुंग्याउने लक्ष्यसहित अधिवेशन सुरु भएको थियो।
तर, कोरोना संक्रमणको जोखिम उच्च भएसँगै हाललाई नामकरणको विषय थाती रहन पुगेको छ। चैत पहिलो साता ( ७ गतेदेखि) देखि संसद् बैठक स्थगित भएको थियो।  बुधबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ। त्यसअघि संसद्को कार्यव्यवस्था समितिको बैठकले सरकारलाई अधिवेशन टुंग्याउन सुझाव दिएको थियो।
प्रदेश मन्त्रीपरिषद बैठकले कोरोना जनसुरक्षा कोषमा १५ करोड रकम थप्ने निर्णय पनि गरेको छ। यसअघि १० करोड कोषमा हालेको सरकारले थप १५ करोड कोषमा लगाएर कोरोना नियन्त्रणका लागि काम गर्ने जनाएको छ। बैठकले क्यान्सरको उपचार गरिरहेका पत्रकार कमल पौडेललाई ३ लाख रुपैयाँ सहयोगको निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।
यसैबचि प्रदेश १ मा पिसिआर र आरडीटी  दुवै थरी परीक्षणको सबै रिपोर्ट नेगेटिभ आइरहेको छ। पिसिआर विधिबाट हालसम्म २८४ जनाको नमुना संकलन भएको छ। त्यसमध्ये २६६  को रिपोर्ट नेगिेटिभ आएको छ। अन्यको रिपोर्ट आउन बाँकी छ। त्यस्तै आरडिटी विधिबाट ५५५ जनाको जाँच भएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश सरकारले जनाएको छ।  

 

प्रकाशित: ३ वैशाख २०७७ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App