५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध संसदीय समितिको खोजी

काठमाडौँ – संसद्को हिउँदे अधिवेशन चैत महिनाको अन्तिम साता सोमबारबाट अन्त्य भए पनि संसद् नभएको बेला क्रियाशील हुनुपर्ने संसदीय समितिको बैठक पनि बस्नसक्ने अवस्था छैन।

तर सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि गरेको ढिलासुस्ती र आर्थिक अनियमिताका कामहरूबारे खबरदारी गर्ने संसदीय समितिको बैठकको आवश्यकता देखिएको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले यस्तो अवस्थामा कसरी हुन्छ बैठक बोलाउनुपर्ने माग समितिका सदस्यबाटै उठेको छ। समितिका सदस्य गगन थापाले केही दिनअघि ट्विटरमा लेखेका छन्।

प्रविधि प्रयोग गरेर संसदीय समितिले काम गर्न प्रारम्भ गर्नुपर्छ। अनि प्रधानमन्त्रीलाई टाढैबाट प्रस्न सोध्नसक्ने व्यवस्था मिलाउन अत्यावश्यक भइसकेको जनाएका छन्।सभामुख अग्निप्रसाद सापकोटाले पनि समितिका बैठक बोलाउने विषयमा समिति सभापतिहरूसंँग छलफल गरेका छैनन्। शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले लक–डाउनका बेला समितिको बैठक बस्ने अवस्था नभएकाले फोनबाटै सरकारसंँग कुरा भइरहेको बताइन्।

प्रकाशित: २८ चैत्र २०७६ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App