१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

आफूले मध्यावधि चुनावको माग नगरेको डा. महतको स्पष्टोक्ति

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले विश्व कोरोना भाइरसका कारण प्रताडित भैरहेको बेला आफूले मध्यावधि चुनावको कुरा नगरेको स्पष्ट पारेका छन्। मध्यावधि निर्वाचनका माग गरेको समाचार एक अनलाइनमा आएपछि डा. महतले आइतवार पैस विज्ञप्ति जारी गदैै त्यसको खण्डन गरेका हुन्।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा आफूले बोलेको कुरालाई तोडमोड गरी उक्त समाचार बनाइएको समेत उनले दाबी गरेका छन्।‘पुरै अन्तरवार्ता नसुनी मध्यावधि निर्वाचनको कुरा गर्यो भनेर प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानआकर्षण भएको छ।’

उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिलेको अवस्थामा देशलाई संक्रमणबाट पार लाउन सरकार गम्भीर बनोस् भन्ने मेरा आसय हो। कोरोना भाइरस सकिएपछि देशमा कस्ताकस्ता परिस्थिति आउन सक्छन् भन्ने विषयमा मैले गरेको विश्लेषणलाई बङ्ग्याएर प्रचार गरिएकोप्रति दुःख लागेको छ।’साथै यस्ता अपवाहका पछि नलागी सत्य तथ्य बुझेर मात्रै धारणा बनाउन उनले अनुरोध गरेका छन्।

प्रकाशित: २३ चैत्र २०७६ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App