१५ कार्तिक २०७७ शनिबार
राजनीति

पार्टीले राम्ररी प्रतिपक्षको भूमिका खेल्न सकेनः शेखर कोइराला

नेपालगन्ज - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले प्रतिपक्षको भूमिका राम्ररी खेल्न नसकेको स्वीकार गरेका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुममा साेमबार आयोजित कार्यकर्ता भेटघाटमा उनले वर्तमान सरकारले गरेका भ्रष्टाचार, अनियमितताका विषयलाई प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेसको भूमिका नदेखिएको बताए।

‘अहिले वर्तमान सरकारले गरेका भ्रष्टाचारका यति धेरै कुरा छन्, हरेक कुरामा हामी सडकमा आउनुपथ्र्यो, तर कता–कता के हो रु के हो रु अल्मलिएको अवस्थाबाट हामी गुज्रिरहेका छौं,’ कोइरालाले भने।

कांग्रेसले सडकमा प्रतिपक्षको भूमिका खेल्न नसक्दा वर्तमान सरकारले गरेका भ्रष्टाचार र अनियमितताबारे जनताले राम्ररी थाहा पाउन नसकेको उनको बुझाई छ। कोइरालाले थपे, ‘अब पक्कै पनि यस्ता इसुहरुमा नेपाली कांग्रेसले आब्हान गर्छ, तपाईहरु सडकमा आउनुपर्छ। संसदमा खेल्ने भुमिका सांसदले खेल्नेछन्।’

 सरकारले गरेका नराम्रा कामको प्रतिवाद नगरे जनताको नजरमा कांग्रेस कमजोर देखिने बताए। पार्टीले प्रतिपक्षको भुमिका निभाउनुपर्ने बेलामा सत्ताधारी दलसँग भागबण्डा गर्न नहुने उनको जोड छ। कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिदै नेता कोइरालाले पार्टीभित्र तिक्तता नभएको दाबी गरे।

‘हाम्रो पार्टी निर्वाचनको संघारमा गइराखेको अवस्थामा भित्र गुट–उपगुट हुनु, मन मुटाव हुनु स्वभाविक हो,’ उनले भने ‘तर जतिबेला हामी कम्युनिष्टसँग लड्नुपर्ने बेला हुन्छ, त्यो बेलामा हामी एक ढिक्का छौं कि छैनौं भन्ने कुरा सबभन्दा महत्वपुर्ण हुन्छ।’ कम्युनिष्टसँग लड्दाखेरी या अन्य कुनैपनि पार्टीसँग लड्दाखेरी कांग्रेस नेता, कार्यकर्ता एक छौं कि छैनौं भन्ने मुख्य कुरा भएको कोइरालाले स्पष्ट पारे।

कम्युनिष्टसँग लड्दाखेरी पार्टीलाई बेइमानी गर्ने मान्छे कांग्रेस हुन नसक्ने उनले बताए। अर्को प्रसंगमा कांग्रेस केन्द्रिय सदस्य डा। कोइरालाले पार्टीको महाधिवेशन आइसकेको अवस्थामा विभाग बनाउनुको औचित्य नभएको बताए।  ‘महाधिवेशनको कार्यतालिका पनि आइसकेको छ, अहिले विभाग बनाउँदा त्यसले नेपाली कांग्रेसलाई उर्जा प्रदान गर्दैन,’ उनले भने ‘विभागलाई अहिले थाती राखौं र सम्पुर्णले अधिवेशनमा उर्जा दिऔं भन्ने कुराले हामी अगाडी बढिरहेका छौं।’

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्ने बताए। ‘त्यो अडियो प्रधानमन्त्रीले सुन्न भएको हो कि होइन रु प्रधानमन्त्रीले सुन्नु भएको होइन भन्ने कुराको विश्वास हामीलाई नदिलाएम्म कुनैपनि हालतमा भोलिको संसदको बैठक चल्न दिनु हुन्न,’ उनले भने ‘यो गोकुल बाँस्कोटासँग जोडिएको विषय मात्र होइन, हामी प्रधानमन्त्री संसदमा नआउँदा सम्म संसद चल्न दिन्नौं, प्रधानमन्त्री आउनुपर्छ, बोल्नुपर्छ, हाम्रो चित्त बुझ्नुपर्छ अनि मात्र चल्छ, होइन भने चल्दैन।’

पूर्वमन्त्री समेत रहेका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी भित्रको झगडा भुसको आगो जस्तै भएको बताए। ‘यो भुसको आगोले क–कसलाई डढाउँछ, हामीलाई थाहा छैन, उहाँहरुको पार्टीभित्र डढेंलो कसरी लाग्छ, त्यो उहाँहरुको विषय हो,’ उनले भने ‘जसरी राष्ट्रिय सभामा बामदेव गौतम जीलाई लिएर जाने भन्ने खालको विषय आयो, यो सबै विषयले के देखाएको छ, भने कम्युनिष्ट पार्टीभित्र लागेको डढेंलोले संविधानलाई डढाउन सक्छ, त्यसकारण यो बेलामा संबिधान जोगाउने काम हाम्रो हो।’

कम्युनिष्ट पार्टी भित्रको झगडाबाट लागेको डढेंलोले संविधान नै आगो लाग्ला, संबिधान नै निल्देला भन्ने अवस्था बनिसकेको थापाको चिन्ता छ। ‘कहिले कानुन बनाएर निल्देला भन्ने डर, कहिले त्यहाँभित्रको लोभ र पापले गर्दा उनीहरुको शक्ति संघर्षले निल्देला भन्ने डर, यो बेलामा कांग्रेस माथीदेखी तलसम्म दृढ भएर उभिनुपर्ने अवस्था छ,’ उनले थपे। २०७९ सालसम्मको चुनावमा पुग्ने बेलासम्म सबभन्दा पहिला चुनाव गराउने पद्धतीलाई जोगाउनुपर्ने थापाले जोड दिए।

 निर्वाचन जित्ने वा हार्ने कुरा पार्टीका लागि महत्वपुर्ण कुरा भएपनि सम्पुर्ण कुरा नभएको उनले प्रष्ट्याए। मुलुक सही पार्टी र सही ब्यक्तिको हातमा नहुँदा खतरामा रहेको नेता थापाले बताए।
कारले निर्वाचनबाट प्राप्त गरेको जनादेशलाई गलत प्रयोग गरेर सत्ता कब्जा गर्ने जुन देखिएको छ, हाम्रो सन्दर्भमा पनि करिव– करिव यस्तै अवस्था निर्माण गर्न खोजिएको छ,’ उनले भने ‘अहिले संसदमा आएको केही कानुनहरु हेरे पुग्छ।’ थोरै संख्यामा भएपनि प्रतिपक्षको भुमिका जसरी गर्नुपर्ने हो, त्यसमा चुकेको थापाले स्वीकार गरे।

 संसदभित्र कानुन निर्माण गर्ने प्रक्रियामा कांग्रेस संख्यात्मक रुपले थोरै भएपनि सरकारलाई पेलेर अगाडी बढ्न नदिएको उनको दाबी छ। ‘तर त्यो लामो समयसम्म रोक्न सकिन्न, त्यसकारण तलबाट पार्टीको ताकत चाहिन्छ, कानुन पारित गराउन खोज्दै गर्दा त्यसलाई रोक्न जब हामी संसदमा संघर्ष गर्छौ,’ थापाले भने ‘सडकमा हाम्रो पार्टीको साथीहरु आउनु भयो र नागरिकलाई सँग–सँगै ल्याउन सक्यौं भने त्यसको ताकतमा उसले त्यो कानुन पास गराउन सक्दैन, सरकार फिर्ता जान्छ, सरकारले सच्याउँछ, होइन भने सरकारले पेलेर कानुन पारित गर्छ।’

बाँकेको कुसुममा आइतबार आयोजित कार्यकर्ता भेटघाट।
तस्बिर ः अर्जुन ओली÷नागरिक

 

प्रकाशित: १२ फाल्गुन २०७६ १९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App