१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरणमा गगनले संसदमा यसरी गरे ब्यंग्य

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा  सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरेका छन्। स्वस्थानी ब्रतकथाको शैलीमा उनले ब्यंग्य गरेका हुन्।

अख्तियारले नेकपा माहासचिव विष्णु पौडेलका छोरा नवीनले ललिता निवासको जग्गा फिर्ता गर्ने भनेपछि मुद्दा नचलाएकोमा उनले स्वस्थानी शैलीमा आपत्ति जनाएका हुन्।

गगनले संसदमा के भने ?

कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु ।

थाहा पाइहाले होइन होइन भन्नु ।

चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र २ पटक विष्णु विष्णु भन्नु ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु।

 त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्बादे श्री स्वस्तानी कथाले बालुवाटार प्रकरण वर्णायम प्रमथ अध्याए

धन्यवाद ।

प्रकाशित: ६ फाल्गुन २०७६ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App