१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौं - नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ। फागुन २ र ३ गते भक्तपुरमा बसेको सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्। उनले संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको बताए।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरुले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै आपत्ति जनाएका हुन्। उनले ट्रेड युनियन खारेज गर्ने गरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको समेत जानकारी दिए।

संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको उनले बताए। उनले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको बताए। त्यस्तै ट्रेड युनियनमा लाग्ने कर्मचारीहरुमाथि कार्यालयको काम नगरी ट्रेड युनियनको मात्र काम गर्ने आरोप लाइएको भन्दै खण्डन समेत गरे।

नेपाल निजामती कर्मचारी संगठनले व्यक्तिगत स्वार्थको आधारमा नभई सामूहिक स्वार्थको लागि मात्र आवाज उठाउने निर्णय बैठकले गरेको समेत उनले बताए। उनले भ्रष्टाचार गर्ने तथा गलत गर्ने कर्मचारीलाई कारबाही गर्न संगठनले सधैं सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधि अभियानहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०७६ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App