१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौं - प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ। शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुईवर्षे कामको उपलब्धीबारे जानकारी गराउन सम्बोधन गर्ने तयारी गरेका थिए।

 तर राष्ट्रिय सभाका सदस्य नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले संसदमा शनिवार बिहान ११ (भोलि) सम्बोधन गर्ने थापाले जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०७६ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App